आज: २०८३ श्रावण ६, बुधबार | Wed, 22, Jul, 2026

देशभित्रका शैक्षिक संस्था बन्द गराइएका कारण युवा विद्यार्थी बाध्य भएर विदेशमा पढ्न जानु परेको छः पदम गिरी


  • समाचार कुञ्ज
  • २०८० माघ २५, बिहिबार मा प्रकाशित २ साल अघि
  • ३९ पाठक संख्या
  • नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारले नेपालका शैक्षिक संस्था कसको स्वार्थ पूरा गर्न बन्द गराउन खोजेको भन्दै प्रश्न गरेका

    ghiring

    ghiring

    छन् बुधबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले देशभित्रका शैक्षिक संस्था बन्द गराइएका कारण युवा विद्यार्थीहरू बाध्य भएर विदेशमा पढ्न जानुपर्ने अवस्था रहेको बताए । उनले भने–‘देशका सारा नर्सिङ कलेजहरू, मेडिकल कलेजहरू बन्द गर्ने, राज्यले अरबौँ लगानी गरेका गेटा मेडिकल कलेज जस्ता

    कलेजलाई सञ्चालन गर्न नदिने, त्यसपछि नेपाली विद्यार्थी पढ्नका लागि बाहिर जानुपर्ने ? यो भन्दा दुर्भाग्य अरू के हुन्छ ? कसको स्वार्थ पूरा गर्नका लागि सरकार यो काममा लागिरहेको छ । सरकारले जवाफ दिनुपर्छ कि पर्दैन ?’

    व्यापारहरू बन्द भएर, बैंकको ऋण तिर्न नसकेर, बाध्य भएर विमानस्थलबाट रुँदै रुँदै नेपालीहरू विदेश गइरहेको अवस्था रहेको बताउँदै पाउनुपर्ने पारिश्रमिक नपाई अत्यन्तै सस्तो मूल्यमा श्रम बेच्न बाध्य भइरहेको उल्लेख गरे । सत्तापक्ष देशमा युवाहरू थिए र न विदेश जान पाए भन्ने ढङ्गले प्रस्तुत हुन नहुनेमा गिरीले जोड दिए ।नारायणी अनलाइनबाट साभार

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    लोकप्रिय
    ताजा अपडेट