आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ट्याक्सि सेवा केन्द्रको प्रथम अधिवेशन सम्पन्न।


  • समाचार कुञ्ज
  • २०८० फागुन ११, शुक्रबार मा प्रकाशित २ साल अघि
  • १२ पाठक संख्या
  • ०९ फाल्गुन २०८०, पोखरा।

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ट्याक्सि सेवा केन्द्रको बार्षिक साधारण सभा तथा प्रथम अधिवेशन बाट केन्द्र केसि अध्यक्षमा सर्बसम्मत निर्वाचित भएका छन। केसिको नेतृत्वमा १५ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित  भएका छन्। वरिष्ठ उपाध्यक्षमा विजय मल्ल, उपाध्यक्षमा नेत्र  वहादुर विश्वकर्मा , सचिव जितु परियार , सह सचिव रन वहादुर हितान,कोषाध्यक्ष हरि प‍ोखरेल, सह कोषाध्यक्ष प्रेम घले,सदस्यहरु अशोक गुरुङ,किसन विक,पुर्ण वहादुर वल,शालिक परियार,भरत भण्डारी ,रोसन गुरुङ,सुवास कुवर र मदन श्रेष्ठ  निर्विरोध निर्वाचित  भएका छन्। यसैगरि सल्लाहकारमा डिल वहादुर नेपाली , सुरेस विक,राजेन्द्र पाठक ,शिव कुवर,ख्याम थापा चयन भएका छन्। 

    कार्यक्रमका प्रमुख अतिथि पोख्रेली ट्याक्सि सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेलले ब्यानरमा हस्ताक्षर गरि कार्यक्रमको उद्घाटन गर्नु भएको हो। पौडेलले कार्यक्रम सफलताको शुभकामना दिँदै भन्नू भयो "जबसम्म हामिले बुझेर तालि मार्दैनौ तबसम्म हामी राज्यले बनाएको ऐन कानुन निति र नियमावलिको शिकार भई नै रहन्छौ" त्यसकारण ट्याक्सी चालक तथा ब्यवसायिहरुले यस्ता कुरा लाई  बुझ्नु जरुरि रहेको बताउनु भयो।  आफू भित्रका कमिकमजोरि सुधार गर्दै एकतावद्द भएर अगाडि बढ्न जोड दिनु पर्ने बताउनु भयो।

    यातायात व्यवस्था ऐन २०७६  संशोधन गर्दा देखि नै २  हजार देखि  १० हजार सम्म जरिवानाको व्यवस्था रहेकोले रातो प्लेट समेत चलाउन पाउने व्यवस्था रहेको तर्फ इङ्गित गर्दै हिजो हामिले वास्तै गरेनौ  हामी परिवर्तन हुन सकेनौ आज आएर समस्या देखियो  त्यसैले आज  आएर  विरोध गर्नुले कुनै अर्थ नरहने वताउदै मिटरमा ट्याक्सी  चलाउन  पर्नेमा जोड दिनु भयो। त्यसका लागि सवारीको स्तर अनुसार भाडा लिन पाउने व्यवस्था सहित सवारि वर्गिकर्ण हुनुपर्ने   प्रमुख अतिथि पौडेलले वताउनु भयो।

    कार्यकक्रममा  बिशिष्ठ अतिथि प्रालिका पुर्व अध्यक्ष तथा राष्ट्रिय यातायात व्यवसायि महासघं वर्गिय संयोजक प्रकाशमणि तिवारिले एकातिर भाडा समायोजन नगर्ने अर्कोतिर टेक्सिले मिटर चलाएन भनेर  रातो प्लेटलाइ भाडामा चलाउन अनुमति दिने व्यवस्था गर्ने सरकारको

    नीति प्रति आक्रोस पोख्दै  यातायात व्यवस्था ऐन नियमावली संशोधन गर्ने र नियमावलि बनाउने नाममा  सरकारबाटै  आफुहरुलाइ झुक्क्याउने काम भएको वताउनु भयो। एउटा सवारी लाइ पनि पञ्जिकरण गर्नु भनेको  स्वरोजगार यातायात व्यवशायि लाई छिन्न भिन्न पार्ने खेल भएको वताउदै सबैलाई एकतामा बाधिएर जान आग्रह गर्नुभयो।

    कार्यक्रममा बिषेश अतिथि  अन्तर्राष्ट्रिय सुरक्षा प्रमुख  केशव  थापाले कार्यक्रम सफलताको  शुभकामना दिनु हुदै आफुपनि यहि व्यवसायको आम्दानिले कलेज पढेको स्मरण गराउदै   कुनै पनि पेशा  व्यवशाय सानो नभएको बताउनु भयो,  सो पेशालाई थप उचाइमा पुर्‍याउन पर्नेमा जोड दिदै  स्वाभिमानि र मर्यादित बनाउदै लैजान आग्रह गर्नु भयो । 

     सोही क्रममा बिशिस्ट अतिथि तथा अन्तर्राष्ट्रिय हवाई सुरक्षा तथा व्यवस्थापन  प्रमुख  इमानाथ अधिकारिले  शुभकामना दिनु हुदै अन्तर्राष्ट्रिय विमानस्थल बाट सञ्चालित ट्याक्सि स्तरिय हुनुपर्नेमा जोड दिदै चालकको पोशाक बोलि व्यवहारमा पनि उस्तै  रुपान्तरण गर्दै पर्यटक सग राम्रो व्यवहार गरि  फरक पहिचान बनाउन आग्रह  गर्नु भयो।

    कार्यक्रममा राष्ट्रिय यातायात  ब्यवसायी महासंघ केन्द्रिय सदस्य खड्क वहादुर विश्वकर्मा , पोख्रेली ट्याक्सि सेवा प्रालिका वरिष्ठ उपाध्यक्ष तथा दुर्घटना सयोजक सुर्य वहादुर थापा , यातायात मजदुर  सँघ  किरणबाबु पन्त, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी अध्यक्ष बिष्णु वहादुर केसि ,अखिल नेपाल यातयात मजदुर सघ गण्डकी सचिव अर्जुन पौडेल ,  एकीकृत समाजवादि यातायात मजदुर सगठन केन्द्रीय  सदस्य तिलक विश्वकर्मा  बिष्णु थापा लगायतले   मन्तव्य  राख्नु भएको थियो।

    कार्यक्रममा प्रमुख अतिथि बिशिष्ठ अतिथि बिशेष अतिथि लगायत अतिथिहरु लाई  सेवा केन्द्रका अध्यक्ष केन्द्र  केसिले मायाँको चिनो प्रदान गर्नु भएको थियो। ट्याक्सी सेवा केन्द्रका अध्यक्ष केन्द्र केसिको अध्यक्षतामा शुभारम्भ गरिएको कार्यक्रम सचिव जितु परियारले संचालन गर्नु भएको थियो भने स्वागत मन्तब्य उपाध्यक्ष चित्र वहादुर विकले राख्नु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट