आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

बालिका अधिकार संरक्षण सम्बन्धि देवचुलीका जनप्रतिनिधिसग छलफल र अन्तर्कृया सप्पन्न ।


  • समाचार कुञ्ज
  • २०८० चैत्र १०, शनिबार मा प्रकाशित १ साल अघि
  • १० पाठक संख्या
  • बालिका अधिकार संरक्षणमा जनप्रतिनिधिको भुमिकाको बारेमा देवचुलीमा महिला जनप्रतिनिधिहरु सग छलफल र अन्तरकृया देवचुली १० बालिका सिकाई तथा स्रोत केन्द्रमा सम्पन्न गरिएको छ ।

    जागृती बाल तथा युवा सरोकार नेपालको आयोजना र नवलपुर किशोरी संजालको समन्वय र क्यान्नलनको सहयोगमा सो छलफल र अन्तरकृया सम्पन्न गरिएको आयोजक सस्थाका महासचिव दिपक शर्माले बताउनुभयो । स्थानीय तहमा बालिका अधिकार र सामाजिक मुद्दाहरुको सम्बोधनको लागि जनप्रतिनिधिको भुमिकाको बारेमा बाल अधिकार कर्मी खिमानन्द भुसालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

    उहाँले स्थानीय तहले आफुले गरेका साना साना कामको बारेमा पनि थाहा हुनुपर्ने र जनतालाई पुगेको फाईदाको वारेमा पनि थाहा हुनुपर्नेमा जोड दिनुभयो । नगरले मानबिय बिकास र सामाजिक बिकासमा चासो दिदै काम गर्नुपर्ने र भएका कामको चासो राखी जनताको अर्थपुर्ण सहभागिता बढाउनुपर्ने बताउनु भयो ।

    जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले सस्थाले कावासोती र देवचुलीमा किशोरी सशक्तीकरण कार्यक्रम अन्तर्गत भएका कार्यक्रमहरुको बारेमा जानकारी प्रदान गर्नुभएको थियो ।सो कार्यक्रमबाट आएका सुझाव प्रस्तुत गर्दै समाजमा ब्याप्त हिंसा, शोषण र दुर्व्यवहार अन्तको लागि नितिगत र सचेतनामुलक कार्यक्रमहरु सन्चालनको आवश्यकता रहेको बताउनुभयो । 
    जिल्ला प्रहरी कार्यालय नवलपुरका महिला बालबालिका शाखाको प्रमुख बिन्दु बिकले नवलपुरमा बिगत बर्षदेखि हाल सम्मका हिंसा र दुर्व्यवहारको तथ्यांक प्रस्तुत गर्दै अझै पनि हिंसा र दुर्व्यवहारको रोकथामको लागि काम गर्नुपर्ने बताउनु भएको थियो ।

    आज पनि घरभित्र नै बालिका र महिलाहरु हिंसाको सिकार हुनुले समाजमा अझै पनि सामाजिक मुद्दामा काम गर्नुपर्ने देखियको र यसको लागि स्थानीय तहका जनप्रतिनिधिहरु नै चासो राखी काम गर्नुपर्नेमा जोड दिनुभएको थियो । 
    महिला जनप्रतिनिधि हुनुको नाताले पनि सक्षम महिला र समृद्ध नगरको निर्माणको लागि आजका बालिकाहरुमा लगानी गर्नुपर्ने र सचेतनामुलक सगै अधिकार र कर्तव्य पनि सगै सिकाउनु पर्नेमा जोड दिनुभएको थियो ।

    कार्यक्रमको प्रमुख अतिथी जिल्ला समन्वय समिति नवलपरासी (बर्दघाट सुस्ता पुर्व) का सदस्य सरस्वती पाठकले समाज रुपान्तरणको लागि महिला सशक्तीकरण आवश्यक रहेको र अब भोलिको समृद्ध देश निर्माणको लागि पनि महिला र बालिकामा लगानी आवश्यकता रहेको बताउनुभयो । 

    आज पनि बालिका र महिलाले अनेक दु:ख कस्ट भोगेर यहाँसम्म पुगेको र यसको दिगोपनको लागि महिला जनप्रतिनिधिहरुले अझै धेरै काम गर्नुपर्ने उहाँले बताउनुभयो । 
     किशोरीहरुलाई सक्षम र समृद्ध गराउन सस्थाले किशोरी सशक्तीकरण कार्यक्रम गरि छोटो समयमा आएको

    किशोरीहरुको परिबर्तनले अवसर र लगानी गर्न सकिने हो भने कुनै पनि किशोरी कुनै पनि हिसाबमा किशोर भन्दा कमजोर नरहेको प्रमाणित भएको  र आजका किशोरी सक्षम गराउन सकियमा भोलिका दिनमा राजनीतिक हिसाबले र अन्य ठाँउमा महिलाहरु निर्णायक ठाँउमा पुग्ने बताउनु भयो ।
    कार्यक्रममा किशोरी अभियन्ताहरु रितिका पोख्रेल र सुधा सुनारले हिंसा र शोषण विरुद्ध महिलाहरु कालिको अवतार लिन पनि सक्ने हुँदा बालिका र महिलाहरुलाई हिंसा, शोषणमा नराख्न सचेतनाको लागि गीति नाटक पनि प्रस्तुत गरेका थिए । 
    कार्यक्रममा देवचुली नगरका सवै १ देखि १७ वार्डका महिला जनप्रतिनिधिहरु र  किशोरीहरुहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन सस्थाका सदस्य दिपक न्यौपानेले र अध्यक्षता नवलपुर किशोरी संजालका सदस्य रितिका पोख्रेलले गर्नुभएको थियो । कार्यक्रम देवचुली १० मा निर्माणधिन रहेको वालिका अध्ययन तथा स्रोत केन्द्रमा भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट