
समाचार कुञ्ज दुलेगौंडा, २६ माघ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले ) बाट तनहुँ–२ का उम्मेदवार केदार सिग्देलले एमालेले गरेका विकास निर्माण कार्यलाई जनताकोबीचमा पु¥याउनुपर्नेमा जोड दिएका छन् । सोमवार शुक्लागण्डकी–९ घारीमा निर्वाचन प्रचार प्रसार सम्पर्क कार्यालयको उद्घाटनका क्रममा नेता सिग्देलले मनोमोहनदेखि केपी ओलीसम्म नेतृत्वमा रहदा गरेका कामनै चुनाव प्रसारको एजेण्डा भएको उल्लेख गरे । पुराना पार्टीबाट केहि भएन भन्ने हल्ला बाहिर ल्याइएको छ, उनले भने, हामीले यस क्षेत्रमा गरेका विकास निर्माणका काम जनताको बीचमा लैजानुहोस, यहि आधारमा जनताले सुर्य चिन्हमा मत दिनेछन् । उनले आफू यहि क्षेत्रमा जन्मिएर हुर्किएको बताउदै निर्वाचनपछि पनि जनताकैबीचमा रहने प्रतिवद्धता जनाए ।
वडा नं. ९ कमिटी अध्यक्ष लक्ष्मी पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रिय सल्लाहर समिति सदस्य नरेन्द्र वाग्ले पार्टीका जेष्ठ सदस्य देउ बहादुर गुरुङले ब्यानरमा हस्ताक्षर गरि कार्यालय उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस