
समाचार कुञ्ज तनहुँ — तनहुँ निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार इन्जिनियर श्रीराम न्यौपानेले ऋषिङ्ग गाउँपालिकाका विभिन्न ग्रामीण भेगहरूको भ्रमण गर्दै स्थानीय नागरिकहरूसँग प्रत्यक्ष संवाद गरेका छन्। जनताको घरदैलोमा पुगेर समस्या, आवश्यकता र विकासका अपेक्षाबारे छलफल गर्दै उनले जनसमर्थन मागेका हुन्।
भ्रमणका क्रममा स्थानीय बासिन्दाहरूले पुराना राजनीतिक दल र तिनका नेताप्रति असन्तुष्टि व्यक्त गरेका छन्। वर्षौंदेखि विकासका नाममा आश्वासन मात्र पाएको तर ठोस परिणाम नआएको गुनासो गर्दै जनताले नयाँ नेतृत्वबाट परिवर्तनको अपेक्षा गरेको बताएका छन्।
स्थानीयले श्रीराम न्यौपानेलाई जितेपछि जनताको साथ नछोड्न, चुनावका बेला मात्र नभई सधैं जनतासँग नजिक रहेर काम गर्न आग्रह गरेका छन्। साथै, क्षेत्रका प्रमुख आवश्यकता — सडक, खानेपानी, सिंचाइ, शिक्षा, स्वास्थ्य तथा रोजगारीका अवसरमा विशेष ध्यान दिनुपर्ने माग राखेका छन्।
इन्जिनियर न्यौपानेले जनताको भावना र अपेक्षालाई आत्मसात गर्दै विकास निर्माणलाई आफ्नो प्रमुख प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले पारदर्शी, उत्तरदायी र परिणाममुखी नेतृत्व प्रदान गर्दै क्षेत्रको समग्र विकासका लागि निरन्तर लागिरहने प्रतिज्ञा गरेका छन्।

प्रतिक्रिया दिनुहोस