
समाचार कुञ्ज नवलपुर । नवलपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार तिलक महत प्रति मतदाताको भरोसा दिनप्रतिदिन सुदृढ बन्दै गएको छ। घरदैलो, भेटघाट र अन्तरक्रियाका क्रममा मतदाताबाट प्राप्त सकारात्मक प्रतिक्रिया र समर्थनले चुनावी माहोल थप उत्साहजनक बनेको छ।
मतदाताहरूका अनुसार इमान्दार, विकासप्रेमी र सबै वर्ग तथा समुदायको साझा प्रतिनिधित्व गर्न सक्ने सक्षम नेतृत्वका रूपमा महत स्थापित हुनुभएको छ। “नवलपुरको दीर्घकालीन विकासका लागि स्पष्ट दृष्टिकोण र अठोट भएका उम्मेदवार उहाँ नै हो,” स्थानीय मतदाताको भनाइ छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उहाँको जित सुनिश्चित हुने विश्वास धेरैले व्यक्त गरेका छन्।
यसअघि निर्वाचित हुँदा सुरु गरिएका योजनाहरू, जिल्लाका आवश्यक मुद्दा सदनमा पटक–पटक उठाएको सक्रियता र विकासका आधार निर्माण गर्ने पहलले मतदातामा सकारात्मक प्रभाव पारेको देखिन्छ। “एक कार्यकालमा उहाँले सम्झनलायक कामको थालनी गर्नुभयो, अब अधुरा योजना पूरा गर्न फेरि उहाँकै आवश्यकता छ,” अर्का मतदाताले भने।
मतदाताहरूको भनाइमा तिलक महत सरल, मिजासिलो र सबै पुस्तासँग सहज संवाद गर्न सक्ने नेता हुनुहुन्छ। बालबालिका, युवा, महिला, किसानदेखि ज्येष्ठ नागरिकसम्मको आवाज समेट्न सक्ने समावेशी चरित्र उहाँको विशेषता रहेको उनीहरूको धारणा छ।
“अब थप जिम्मेवारी दिएर नवलपुरको समग्र विकासका लागि केन्द्रमा पठाउनु हाम्रो दायित्व हो,” स्थानीयले जोड दिएका छन्। बढ्दो जनसमर्थनसँगै नवलपुर–२ मा तिलक महतको पक्षमा चुनावी लहर बलियो बन्दै गएको संकेत देखिएको छ।

प्रतिक्रिया दिनुहोस