
समाचार कुञ्ज बालबालिकाको साथी नेपाल (FOC Nepal) ले तनहुँको घिरिङ गाउँपालिकाका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ। संस्थाको वार्षिक कार्यक्रम अन्तर्गत विहिबार एकैदिन ७ वटा विद्यालयका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको हो।
आयोजित कार्यक्रममा सरस्वती माध्यमिक विद्यालय, सामुङमा ४ वटा विद्यालयका विद्यार्थीहरू र चन्द्रज्योती माध्यमिक विद्यालय, घिरिङमा ३ वटा विद्यालयका विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, सहयोगी संस्थाका कर्मचारी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
संस्थाका अध्यक्ष दिपेन्द्र विश्वकर्मा र सदस्य प्रदीप गहतराजले विद्यार्थीहरूलाई छात्रवृत्ति हस्तान्तरण गर्नुभएको थियो।
संस्थाका अनुसार छात्रवृत्ति वितरण कार्य आज पनि जारी रहनेछ। आज दीपक माध्यमिक विद्यालय (बैडी), कृष्ण माध्यमिक विद्यालय (पुट्टार) र महेन्द्र ज्योति माध्यमिक विद्यालय (गडौलीटार) का विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिने कार्यक्रम तय भएको छ।
बालबालिकाको साथी नेपालले लामो समयदेखि विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विद्यालयमा टिकाइराख्न र उनीहरूको शैक्षिक स्तर उकास्न यसरी नियमित रूपमा सहयोग पुर्याउँदै आएको छ।







प्रतिक्रिया दिनुहोस