आज: २०८३ जेष्ठ १९, मंगलबार | Tue, 02, Jun, 2026

मध्यविन्दु प्रादेशिक अस्पतालको आयोजना तथा बौदीकाली गाउँपालिकाको समन्वय र सहकार्यमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर


  • समाचार कुञ्ज
  • २०८३ जेष्ठ ४, सोमबार मा प्रकाशित २ हफ्ता अघि
  • ४० पाठक संख्या
  • मध्यविन्दु प्रादेशिक अस्पतालको आयोजना तथा बौदीकाली गाउँपालिकाको समन्वय र सहकार्यमा हिजो २०८३ जेठ ३ गते रुचाङ स्वास्थ्य चौकीमा एक दिने वृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
    बौदीकाली गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष श्री मन बहादुर सारुको अध्यक्षतामा सञ्चालित शिविरमा स्थानीय बासिन्दाहरूलाई लक्षित गरी विभिन्न विशेषज्ञ स्वास्थ्य सेवाहरू प्रदान गरिएको थियो।
    शिविरमा स्त्री तथा प्रसूति रोग सम्बन्धी सेवा,पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ (VIA Test) , स्तन क्यान्सर परीक्षण, बाल रोग विशेषज्ञ सेवा, आँखा रोग परीक्षण तथा निःशुल्क भिडियो एक्स–रे (Video X-Ray) सेवा उपलब्ध गराइएको थियो साथै स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि वितरण समेत गरिएको थियो।
    ग्रामीण क्षेत्रका नागरिकहरूलाई घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यका साथ सञ्चालन गरिएको उक्त शिविरबाट ८९ जना स्थानीय बासिन्दाहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनुभएको थियो।
    स्वास्थ्य शिविरलाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, सहयोगी संस्था उपस्थिति रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट