आज: २०८३ जेष्ठ १९, मंगलबार | Tue, 02, Jun, 2026

बुलिङटार -६ हडाहा सामुदायिक स्वास्थ्य इकाईमा एक दिने नि:शुल्क आँखा जाँच शिविर सम्पन्न


  • समाचार कुञ्ज
  • २०८३ जेष्ठ ६, बुधबार मा प्रकाशित १ हफ्ता अघि
  • २४ पाठक संख्या
  • नवलपरासी (ब.सु.पू.) को बुलिङटार गाउँपालिका वडा नं. ०६, हडाहा सामुदायिक स्वास्थ्य इकाईमा एक दिने नि:शुल्क आँखा जाँच शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
    बुलिङटार गाउँपालिका कार्यालय र मध्यबिन्दु प्रादेशिक जिल्ला अस्पतालको संयुक्त समन्वयमा संचालित उक्त शिविरमा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। शिविरका क्रममा आँखा जाँच गराउनुभएका बिरामीहरूमध्ये मोतियाबिन्दु भई तुरुन्तै अप्रेसन गर्नुपर्ने १५ जना बिरामीहरूको पहिचान गरिएको छ।
    पहिचान भएका ती सम्पूर्ण १५ जना बिरामीहरूको मध्यबिन्दु अस्पतालमा नि:शुल्क रूपमा आँखाको अप्रेसन भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट