आज: २०८३ श्रावण ५, मंगलबार | Tue, 21, Jul, 2026

रास्वपा घिरिङ गाउँपालिकाको सभापति प्रेम बहादुर थापा, सचिवमा मंगल सारू


  • समाचार कुञ्ज
  • २०८३ जेष्ठ १६, शनिबार मा प्रकाशित १ महिना अघि
  • ५५ पाठक संख्या
  • जेठ, २०८३/२/१६ ,समर रानाभाट
    राष्ट्रिय स्वतन्त्र पार्टि , घिरिङ गाउँपालिकाको प्रथम एतिहासिक अधिवेशन शनिवार सम्पन्न भएको छ । शनिवार सम्पन्न भएको अधिवेशनबाट रास्वपा घिरिङ गाउँपालिकाको सभापतिमा प्रेम बहादुर थापा नेतृत्वमा नयाँ समिति चयन भएको हो। समितिको उपसभापतिमा कृर्ति बहादुर राना र सचिवमा मंगल सारू र कोषध्यक्षमा बसन्ती दरै सर्वसम्मत चयन भएका छन् । सदस्यहरुमा भिम बहादुर सुनार , मंगली नेपाली , थली माया खनाल रहेका छन् ।
    अधिवेशनबाट जिल्ला प्रतिनिधीहरु छनोट गरेको छ । जिल्ला प्रतिनिधिमा दिपक ढकाल, बाबुराम श्रेष्ठ ,विरही लाल नेपाली , सरास्वती श्रेष्ठ लगायतका सिफारिस गरेको छ । त्यसैगरी प्रदेश प्रतिनिधिमा छविलाल कुमाल र केन्द्रिय प्रतिनिधिमा यदु प्रसाद कंडेल रहेका छन् ।

    ghiring

    ghiring

    कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी घिरिङ गाउँपालिका संयोजक प्रेमबहादुर थापाको अध्यक्षता भएको थियो भने प्रमुख अतिथि राष्ट्रिय स्वतन्त्र पार्टी तनहु जिल्लाका संस्थापक सभापति एवं केन्द्रीय विभाग सदस्य विकास सिग्देल रहनु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    लोकप्रिय
    ताजा अपडेट