आज: २०८३ श्रावण ५, मंगलबार | Tue, 21, Jul, 2026

भिमादमा डेङ्गू नियन्त्रण तथा सचेतना अभियान सम्पन्न


  • समाचार कुञ्ज
  • २०८३ जेष्ठ १८, सोमबार मा प्रकाशित १ महिना अघि
  • ३९ पाठक संख्या
  • भिमाद बजार क्षेत्रका विभिन्न टोलहरूमा भिमाद प्राथमिक स्वास्थ्य केन्द्र को आयोजनामा डेङ्गू रोग नियन्त्रण तथा जनचेतना कार्यक्रम सम्पन्न भएको छ।

    ghiring

    ghiring

    कार्यक्रममा भिमाद नगरपालीक वडा नं ६अध्यक्ष स्याम शुन्दर जोशी जनप्रतिनिधिहरू, स्वास्थ्यकर्मीहरू, आमा समूहका पदाधिकारीहरू, टोल विकास समितिका प्रतिनिधिहरू, विद्यार्थीहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू (म.स्वा.स्व.से.) तथा बि.पि.एच.का छात्रछात्राहरूको सक्रिय सहभागिता रहेको थियो।

    अभियान अन्तर्गत डेङ्गू रोग सार्ने लामखुट्टेको सम्भावित बासस्थानको खोजपड्ताल गरी नष्ट गर्ने, घर तथा वरपर पानी जम्न नदिने, सरसफाइमा विशेष ध्यान दिने तथा डेङ्गूबाट बच्न अपनाउनुपर्ने सावधानीका उपायबारे जानकारी प्रदान गरिएको थियो।

    डेङ्गू नियन्त्रणका लागि समुदायस्तरमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको भन्दै आयोजकले नियमित सरसफाइ र सचेतना अभिवृद्धिमा जोड दिएको छ। 🙏🙏

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    लोकप्रिय
    ताजा अपडेट