
समाचार कुञ्ज 
गाउँपालिका अध्यक्ष होमबहादुर थापाको उपस्थितिमा बिहीबारदेखि सडकका खाल्डाखुल्डी पुर्ने तथा क्षतिग्रस्त भाग मर्मत गर्ने काम थालिएको हो। मर्मतका लागि घिरिङ गाउँपालिकाले एक जेसिबी र दुई टिप्पर परिचालन गरेको छ भने सडक डिभिजन कार्यालय दमौलीले एक जेसिबी र एक टिप्पर उपलब्ध गराएको छ।
लगातारको वर्षाले सडकको अवस्था बिग्रिएपछि सवारी आवागमन असहज र जोखिमपूर्ण बनेको थियो। त्यसपछि स्थानीय तह र सडक डिभिजन कार्यालयले समन्वयात्मक रूपमा सडक मर्मत अघि बढाएका हुन्।
यसैबीच, शुक्रबारदेखि भीमाद नगरपालिकाले पनि श्रृङ्गपथका अत्यावश्यक स्थानमा मर्मत कार्य सुरु गर्ने जानकारी प्राप्त भएको छ।
स्थानीयवासीले सडक मर्मतका लागि समन्वय गर्दै काम अघि बढाएको भन्दै घिरिङ गाउँपालिका, भीमाद नगरपालिका र सडक डिभिजन कार्यालय दमौलीप्रति आभार व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस