आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

जनज्योति क्याम्पसद्वारा आयोजित स्वास्थ्य शिविर सम्पन्न, ७५० बढिले गराए परिक्षण 


  • समाचार कुञ्ज
  • २०८० चैत्र ३०, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ११ पाठक संख्या
  • चैत्र २९ , भिमाद 

    जनज्योति क्याम्पस भिमाद द्वारा आज आयोजित बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सामाजिक उत्तरायित्व अन्तरगत आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट  जनाले लाभ लिएको जनज्योति क्याम्पस भिमादका प्रमुख केशवराज काफ्लेले बताएका छन् ।

    काठमाण्डौ मेडिकल कलेजको प्राविधिक सहयोगमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ७५० जना भन्दा बढिले सेवा लिएको जनज्योति क्याम्पस भिमादले जनाएको छ ।  शिविरबाट जनरल मेडिकल , स्त्री रोग, बाल रोग, दन्त रोग, आँखा रोग, मुटु रोग, शल्यक्रिया सर्जरी, मानसिक तथा नशा रोग , छाला तथा यौन रोग , नाक, कान, घाँटी, इसिजी , युएसजी, पिसाब जाँच , रगत परीक्षण लगायत विभिन्न सेवाहरु प्रदान गरिएको उनले बताएका छन् । 
     

    अस्पताल सम्म पहुँच नपुगेका बिरामीहरूलाई स्वास्थ्य सेवाको दायरामा ल्याउनको लागि शिविरको आयोजना गरिएको जनज्योति क्याम्पस भिमादका अध्यक्ष जीत प्रकाश आलेले बताए । 

    शिविरले गर्दा स्वास्थ्य परिक्षण र ठुला उपचार गर्न काठमाण्डौ ,पोखरा जान पर्ने समस्या न्यूनीकरण भएको सेवाग्राही रिता आलेले बताएकी थिइन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट