आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

पाल्पाको श्रीनगरमा पर्यटन पूर्वाधार तयार 


  • समाचार कुञ्ज
  • २०८१ बैशाख ८, शनिबार मा प्रकाशित १ साल अघि
  • ६ पाठक संख्या
  • पाल्पा – तानसेनको श्रीनगरमा पर्यटन पूर्वाधार निर्माण भएको छ । श्रीनगर प्रवेश गर्न ५ सय बढी सिंढी चढेर जान सकिने बनाईएको हो । 

    तानसेन नगरपालिकाको सहयोगमा वडा नं. १ को कार्यालयले ५ सय ३६ बढी सिंढी निर्माण गरी पर्यटन पूर्वाधार तयार गरेको हो । अब तानसेन वडा नं. १ कार्यालय नजिक (युनाईटेड मिशन अस्पताल) माथिबाट श्रीनगर डाँडामा प्रवेश गर्न सकिने भएको छ । पर्यटकीय नगर तानसेनमा आएका पर्यटक आकर्षित गर्न यसले महत्वपूर्ण भूमिका खेल्ने नगर प्रमुख सन्ताेषलाल श्रेष्ठले बताउनुभयाे ।

    गर्मीयाममा हिमालको चिसो हावासँगै नाचगानका साथ रमाउन तराई क्षेत्र रूपन्देही, कपिलवस्तु, नवलपरासी क्षेत्रका बासिन्दाहरूका लागि तानसेनको श्रीनगर विशेष क्षेत्र बन्ने गरेको छ । तानसेन नगरपालिका वडा नं. १ का वडाध्यक्ष सुनिल कुमार बस्यालले तानसेन नगरपालिका कार्यालयको ५ लाख र अन्य स्थानीयहरुको सहभागितामा सात लाख रुपैयाँको लागतमा विभिन्न पूर्वाधार निर्माणको कार्य सकिएको बताउनुभयाे ।

    श्रीनगर प्रवेश गर्न रंगरोगन गरिएको सिंढी निर्माण गरिएको छ । बीच भागमा प्रतिक्षालय निर्माण गरिएको छ । विभिन्न स्थानमा पर्यटकहरूका लागि चाहिने विश्राम बेन्च निर्माण, चाँद निर्माण तथा सरसफाई र रंगरोगनको कार्य सम्पन्न गरिएको वडाध्यक्ष बस्यालले जानकारी दिनुभयाे । अब श्रीनगर जाने प्रमुख प्रवेशद्धार यहि पूर्व क्षेत्र हो । यहाँ स्वच्छ खानेपानी, सुविधायुक्त शौचालय, बस्ने शीतल छहारीको व्यवस्थाका् कार्यका लागि पहल गरिरहेकाे उहाँले बताउनुभयाे ।
    तानसेन १ का वडा सदस्य राम प्रसाद भट्टराईले श्रीनगर प्रवेश गर्नमात्र होईन श्रीनगर डाँडाबाट सूर्योदय हेर्न पनि सहज भएको बताउनुभयाे । मर्निङ वाक गर्नेहरु सिढीं चढेर माथी श्रीनगर जाने गर्दछन् ।रानिमल अनलाइन बाट 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट