आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

केमिकल बोकेको ट्रकमा आगलागी


  • समाचार कुञ्ज
  • २०८१ बैशाख ११, मंगलबार मा प्रकाशित १ साल अघि
  • ७ पाठक संख्या
  • काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–६, बन्छेटारमा गुडिरहेको एक ट्रकमा आगलागी भएको छ । ना ४ ख ८६१७ नम्बरको ट्रकमा आज बिहान आगलागी भएको हो । केमिकल लोड गरिएको उक्त ट्रक रुपन्देहीको सुनौलीबाट काठमाडौंतर्फ आइरहेको थियो ।

    आगलागीको कारण खुलेको छैन तर केमिकलहरु एकापसमा ठोक्किएर आगो लागेको हुनसक्ने अनुमान छ । उक्त ट्रकमा औषधिमा प्रयोग हुने केमिकल लोड भएको अनुमान छ । तर, कस्तो खालको केमिकल हो भन्ने नखुलेको प्रहरीले जनाएको छ । आगलागी भएपछि राजमार्गमा दुवैतर्फको सवारी आवागमन प्रभावित भएको थियो । आगो निभाउन धुनिबेसी नगरपालिकाबाट दमकल मगाइएको थियो ।

    तर दमकल आउन ढिला भएकाले आगो ट्रकभरी फैलिएको थियो । दमकलको सहायतामा आगो निभाएपछि अहिले अवस्था सामान्य रहेको र राजमार्गमा गाडीहरु निर्वाध रुपमा चलिरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता मकेन्द्र मिश्रले जानकारी दिए ।

    उनका अनुसार आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन । उक्त ट्रक सुशील विकले चलाएका थिए । उनी पनि सकुशल छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट