आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगितामा नवलपुर विजयी


  • समाचार कुञ्ज
  • २०८१ बैशाख १२, बुधबार मा प्रकाशित १ साल अघि
  • १३ पाठक संख्या
  • दयाराम आचार्य 
    नवलपुर । गण्डकी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा नवलपुर विजयी भएको छ।
    गाेरखाकाे बारपाकमा भएको जारी प्रतियोगितामा स्याङ्जालाई ३-२ काे सेटले पराजित गर्दै नवलपुर विजयी भएको जिल्ला खेलकुद विकास समित नवलपुरका अध्यक्ष सेत बहादुर पुनले बताउनुभयो ।

    गण्डकी प्रदेश खेलकुद परिषदकाे आयाेजना तथा गाेरखाकाे संयाेजनमा प्रतियोगिता भएको हाे। प्रतियोगितामा विजयी हुदै शिल्ड सहित नवलपुरले नगद एक लाख पुरस्कार प्राप्त गरेको छ।

    यसै गरि  उत्कृष्ठ खेलाडी नवलपुरका हिमाल सुनारी, उत्कृष्ठ ब्लकरमा सरोज बर्देवा नवलपुर, उत्कृष्ट सेटरमा धिरज प्रताप गाहा नवलपुर, उत्कृष्ठ कोचमा नवलपुरका रामनारायण महतो भएकाछन् । उत्कृष्ठ हुनेलाई नगद ट्रफि सहित सम्मान पुरस्कृत गरिएको जिल्ला अध्यक्ष पुनले बताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट