आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

लायन्स क्लव द्वारा मध्यविन्दु १४ का अग्नी पिडीतलाई  सहयोग ।। 


  • समाचार कुञ्ज
  • २०८१ बैशाख १५, शनिबार मा प्रकाशित १ साल अघि
  • ९ पाठक संख्या
  • बसन्ती कंडेल, नवलपुर

    लायन्स क्लव ईन्टरनेश्नल 325R  को आर्थिक सहयोग तथा कलस्टर नम्बर ६ को समन्वयमा मध्यविन्दु -१४, चनौटेका अग्नी पीडितहरुलाई खाद्यान्न , लत्ताकपडा , मेट्रेस तथा शैक्षिक सामाग्री वितरण गरिएको छ । 

    लायन्स क्लवको समाजसेवा हङ्गर ग्लोवल कज कार्यक्रम अन्तर्गत चनौटाका अग्नी पिडितहरुलाई उत्त सहयोग गरिएको रिजन चेयरपर्सन देवीमाया घिमिरेले बताउनुभयो ।  कार्यक्रममा लायन्स क्लव अफ नवलपुर , मिडपोईन्ट लायन्स क्लव अफ नवलपुर ,डाईनामिक लायन्स क्लव अफ मध्यबिन्दु र सप्तरङ्गिकाे समेत सहभागिता रहेको थियो ।

    कार्यक्रम लायन्स क्लवका रिजन चेयरपर्सन  देवीमाया घिमिरेको कोअर्डिनेशन तथा वडानम्बर १४ का वडा सदस्य देबिराम आले, लायन मुना केसि , कमल सुनारी , नारायणी शर्मा तथा स्थानीयको उपस्थित रहेको थियो । 

    आगलागीबाट घरबिहिन भएर चोट्मा परेका स्थानिय सहयोग प्राप्त भएपछि घाउमा मलमपट्टिको काम भएको भन्दै सहयोगी सस्थाप्रती धन्यवाद प्रकट गरेका छन । गत सोमबार जङ्गलला लागेको लागेको आगो बस्ती पसेपछी ४ घर जलेर   पुर्णरुपमा नस्ट भएको थियो १२ घरगोठमा क्षति भएकाे थियाे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट