आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

सुहाङको अग्रता बढ्यो, स्वतन्त्र उम्मेदवार थेगिमले पनि बढाए मत


  • समाचार कुञ्ज
  • २०८१ बैशाख १७, सोमबार मा प्रकाशित १ साल अघि
  • ५ पाठक संख्या
  • प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङले अग्रता बढाइरहेका छन् ।

    फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिका (६ वडाबाहेक) को १८ हजार ९४८ मत मतगणना हुँदा नेम्वाङले ७६७७ मत ल्याएका छन् ।

    नेम्वाङलाई पछ्याइरहेका कांग्रेसका डम्बर खड्काले ५३९५ मत ल्याएका छन् ।

    पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले पनि मत बढाएका छन् । उनी ४०५८ मतका साथ तेस्रो स्थानमा छन् ।

    रास्वपाका मिलन लिम्बु भने अरु उम्मेदवारभन्दा धेरै पछाडि छन् । उनले ११६२ मत पाएका छन् ।

    इलाम-२ मा तत्कालीन प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन भएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट