आज: २०८३ श्रावण ६, बुधबार | Wed, 22, Jul, 2026

बौदीकाली गाउँपालिकाको आयोजनामा बालविकास सहजकर्ताहरूको लागि ५


  • समाचार कुञ्ज
  • २०८१ जेष्ठ ३, बिहिबार मा प्रकाशित २ साल अघि
  • ३४ पाठक संख्या
  • बौदीकाली गाउँपालिकाको आयोजनामा बैशाख ३१ गतेदेखि प्रारम्भिक बालविकास सहजकर्ताहरूको लागि ५ दिवसिय क्षमता विकास तथा शैक्षिक सामाग्री निर्माण कार्यशाला सञ्चालन भइरहेको छ ।

    ghiring

    ghiring

    बौदीकाली गाउँपालिकामा रहेका सम्पूर्ण विद्यालयका बालविकास सहजकर्ताहरू यस कार्यशालामा सहभागी रहेका छन् । बौदीकाली गाउँपालिका पढौँ र पढाऔँ अभियानमा रहेकोले वालविकास सहजकर्ताहरूको यो सिकाइ विद्यालय शिक्षा सुरू गर्ने उमेर समुहका साना बाबुनानीहरूलाई खेल्दै

    सिक्दै गर्नमा यसले सहयोग पुर्याउने तथा सहज तरिकाले सिक्नमा मदत गर्नुका साथै बावुनानिहरूका लागि विद्यालयमा आउन प्रेरित गर्ने र  वालविकास सहजकर्ताहरूका लागि पनि यसले उर्जा प्रदान गर्ने विश्वास गाउँपालिकाले राखेको छ ।


    बौदीकाली गाउँपालिका शैक्षिक उन्नयनका लागि विभिन्न संस्थाहरू सँगको सहकार्यमा रहेकोले राइट फर चिल्ड्रेन मार्फतको साझेदारीमा यो कार्यक्रम सञ्चालन भइरहेको छ भने यो कार्यशाला जेठ ४ गते सम्पन्न हुने छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    लोकप्रिय
    ताजा अपडेट