आज: २०८३ श्रावण ५, मंगलबार | Tue, 21, Jul, 2026

ने संगीत क्लबमा आवद्ध विद्यार्थीहरुको सिकाइमा सहयोग


  • समाचार कुञ्ज
  • २०८१ अषाढ २७, बिहिबार मा प्रकाशित २ साल अघि
  • ३१ पाठक संख्या
  • यस विद्यालयका पूर्व विद्यार्थीहरु श्री सृजन श्रेष्ठ र श्री वीरेन्द्र घिमिरे ले विद्यालयमा संगीतमा रुचि राख्नु हुने संगीत क्लबमा आवद्ध विद्यार्थीहरुको सिकाइमा सहयोग पुग्ने गरी एक गितार र एक किबोर्ड उपलब्ध गराउनु भएको छ। 

    ghiring

    ghiring

    एक कार्यक्रम विच बौदीकाली गाउँपालिका अध्यक्ष श्री प्रकाश ओझा ज्यू, बौदीकाली गाउँपालिका २ नम्बर वडा अध्यक्ष श्री श्याम सुन्दर श्रेष्ठ ज्यू, विद्यालयका वि. व्य. स. अध्यक्ष श्री वाल प्रसाद ठाडा ज्यू, वि. व्य. स. पदाधिकारी, शिक्षक अभिभावक संघ पदाधिकारी, शिक्षक, विद्यार्थी र अभिभावक ज्यूहरुको उपस्थितिमा उक्त सामग्री हस्तान्तरण गरिएको हो।

    सृजन श्रेष्ठ BE Civil Engineering काे अध्ययन सकेर हाल बौदीकाली गाउपालिकामा  इन्जिनियर को रुपमा कार्यरत हुनुहुन्छ भने वीरेन्द्र घिमिरे ब्रिटिश कलेज काठमाण्डौ बाट B.Sc IT काे अध्ययन पूरा गरी हाल व्यवसायमा संलग्न हुनुहुन्छ। 

    हाम्रा दुवै पूर्व विद्यार्थीहरुलाई आफ्नो विद्यालय र भाइ बैनीहरुको सिकाइमा सहयोग पुग्ने गरी गर्नु भएको यो सहयोगको उच्च मूल्याङ्कन सहित विद्यालय परिवारको तर्फबाट हार्दिक धन्यवाद प्रकट गर्दछौं।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    लोकप्रिय
    ताजा अपडेट