आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

भिमाद नपा ३ द्वारा विद्युतीय चुलो वितरण 


  • समाचार कुञ्ज
  • २०८१ श्रावण ६, आईतबार मा प्रकाशित १ साल अघि
  • ९ पाठक संख्या
  • श्रावण , भिमाद 
    भिमाद नगरपालिका वडा नं ३ ले ग्यासको आयातलाई प्रतिस्थापन गर्न वडाका स्थानियहरुलाई विद्युतीय(इन्फ्रारेड ) चुलो  प्रदान गरेको छ । वडाले वडा भित्रका ११५ जनालाई संघिय बजेट अन्तर्गत ४ लाख रुपैयाँ उपलब्ध गराई स्थानियको २० प्रतिशत ( प्रतिव्यक्ति ७२३ ) लागत सहभागितामा  विद्युतीय चुलो वितरण गरिएको भिमाद नगरपालिका वडा नं ३ का वडाध्यक्ष पदम राज सेनले बताएका छन् । 

    स्थानियलाई चुलो वितरण गर्दै भिमाद नगरपालिकाकी उपप्रमुख शारदा खनालले  विद्युतीय चुलो ग्यास चुलो भन्दा कम खर्चिलो हुने बताएकी छन्  । 

     “आजभोली धेरैले ग्यास प्रयोग गर्न थालिसकेका छन्, जसले गर्दा हाम्रो अत्याधिक रकम देश बाहिर जान्छ, विद्युतीय चुलो प्रयोग गर्दा विद्युतको महसुल तिर्नु परेपनि तुलनात्मक रूपमा विद्युतीय चुलो नै सस्तो हुन्छ " उनले भनिन् । भिमाद एफएमबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट