
समाचार कुञ्ज पोखरा
तनहुँ आबुखैरेनीमा भएको बस दुघर्टनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ । शुक्रबार बिहान भएको दुर्घटनामा २७ जनाको मृत्यु भएकाे सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
४३ जना सवार बसमा दुर्घटनामा घाइते १६ जनाको काठमाडौंमा उपचार भइरहेको डिएसपी थापाले बताए । घाइतेलाई हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं लगिएको थियो ।
पोखराबाट काठमाडौं जादै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहराबाट शुक्रबार बिहान मस्र्याङ्दी नदीमा खसेर दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस