आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

वडा स्तरीय तिज गित प्रतियोगितामा प्रगतिशील आमा समूह प्रथम


  • समाचार कुञ्ज
  • २०८१ भाद्र १५, शनिबार मा प्रकाशित १ साल अघि
  • ८ पाठक संख्या
  • कावासोती। कावसोती वडा न २ मा रहेको शिवशक्ती टोल विकास संस्था र प्रगतिशील आमा समुहको संयुक्त आयोजनामा हिजो शुक्रबार आयोजना गरिएको वडा स्तरीय तिज गित प्रतियोगितामा प्रगतिशील आमा समूह कावासोती २ ले प्रथम स्थान हासिल गरेको छ।कावासोती २ मा रहेको विपि स्मृति प्रतिस्ठानको खुल्ला चौरमा आयोजना गरिएको

    प्रतियोगितामा सृष्टि आमा समूह द्वितीय ,शिवशक्ती आमा समूह तृतीय तथा परिवर्तनशिल महिला समूह र कुमारवर्ती आमा  समुहले सान्त्वना स्थान हासिल गर्न सफल भएको आयोजक शिवशक्ती टोल विकासका अध्यक्ष कर्ण जिसिले जानकारी दिएका छन।

    मौलिक तिज गित तथा संस्कृतिको संरक्षणमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष जिसिले जानकारी दिएका छन।undefinedप्रतियोगितामा प्रथम द्वितीय तृतीय र २ वटा सान्त्वना टिमलाइ क्रमश नगद रु १००००,८००००,६००० र ३ ,३ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको प्रतियोगिताका आर्थिक संयोजक आनन्द चापागाईंले जानकारी दिएका छन।कार्यक्रममा प्रमुख अतिथी गण्डकी प्रदेश सभा सदस्य माननीय विन्दु पौडेल ,विशिष्ट अतिथी वडा अध्यक्ष शिव पान्डे लगायतले पुरस्कार वितरण सङ्गै मन्तव्य समेत राखेका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट