आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

ऋषिङका प्रवक्ता दरैले आफुले पाउने भत्ता जेहनदार,  विद्यार्थीलाई सहयोग  गर्ने 


  • समाचार कुञ्ज
  • २०८१ आश्विन २, बुधबार मा प्रकाशित १ साल अघि
  • ५ पाठक संख्या
  • असोज , ०२ 

    तनहुँ जिल्लाको ऋषिङ् गाउँपालिका वडा नम्बर ०५ 
     पिपलटारमा जन्मेका दरै जनप्रतिनिधि भएपछि 
    आफुले पाएको भत्ता विद्यालय गरिब , जेहनदार, 
    विद्यार्थीलाई सहयोग  गर्ने भएका छन् ।

    ऋषिङ गाउँपालिकाले राष्ट्रिय शिक्षा दिवसको 
    अवसरमा आयोजना गरेको कार्यक्रममा गाउँपालिकाका 
    प्रवक्ता समेत रहेका विजय दरैले आफुले पाउने 
    भत्ताबाट  ११ माध्यमिक विद्यालयका  एक ,एक जना 
    गरिब, जेहेन्दार , अनुशासित विधार्थीलाई जनहनि  पाँच
     हजारका दरले सहयोग गर्ने बताएका छन् । 

    विद्यालयको बार्षिक उत्सवको अवसरमा घोषणा 
    गरेको पुरस्कार प्रदान गर्ने सहयोगि दरैले बताए ।
    यो भन्दा पहिला पहिला पनि  प्राप्त गरेको तलब 
    भत्ताबाट गरिब, दु: खि असाय र सामाजिक कार्यमा 
    खर्च गर्दै आउनु भएको थियो । 

    दरैले आफु पनि विद्यार्थी हुदाँ त्यस्तै गरिबको 
    चपेटामा परेको बताउदै , गरिबको मन भावना राम्रोसंग
     बुझेको र संघर्षले आज यहाँ सम्म आएको बताएका छन् । 
    दरैले आफुले दुख, संघर्ष गरेर डिग्राी सम्म शिक्षा हासिल 
    गरेको समेत बताए ।

    कक्षा ९ र १० का विद्यार्थीहरूसंग संघर्षको 
    कथा सियर गर्ने गरि उत्प्रेरणा जगाउने उदेश्यका 
    साथ 'विद्यार्थी संग एक घण्टा भन्ने कार्यक्रमको ' 
    सुरूवात गर्ने प्रतिबद्वता गरेका छन् । दरै सानैदेखि  
    अध्यायनमा मेनेहित , अनुशासित समेत रहेका थिए ।
     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट