आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

रोटरी क्लव अफ् नवलपुर कावासोतीद्धारा शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण


  • समाचार कुञ्ज
  • २०८१ आश्विन ५, शनिबार मा प्रकाशित १ साल अघि
  • ८ पाठक संख्या
  • नवलपुर अशोज ४ । रोटरी क्लव अफ् नवलपुर कावासोतीले शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । कावासोतीनगरपालिका वडा नम्बर १ बालुवाडाडामा रहेको जलदेवी प्राथमिक बिद्यालयमा रहेका १६ जना बालबालिकाहरुलाई झोला, कापीकलम, खेलकुद सामाग्री प्रदान गरिएको क्लवका सचिव होम बहादुर बिश्वकर्माले जानकारी दिनुभयो ।

    क्लवका एसिस्टेण्ड गर्भनर अशोक कुमार बस्नेतको प्रमुख आतिथ्यता रहेको शैक्षिक सामाग्री बितरण कार्यक्रममा, क्लवका पूर्वअध्यक्ष हरी प्रसाद ढुंगाना, शिक्षक अभिभावक संघका अध्यक्ष ज्योति माया राना, बिद्यालय व्यवस्थापन समितिका सदस्य यमबहादुर पुलामी, बिद्यालयका प्रधानाध्यापक सुमित्रा भुसाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथिअशोक कुमार बस्नेतले रोटरीको सामाजिक अभियानमा बिद्यालयका बालबालिकाहरुलाई सानो भएपनि लगानी गर्न पाउदा खुसीलागेको बताउँर्दै आगामी दिनमा समेत सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

     बिद्यालयका प्रधानाध्यापक सुमित्रा भुसालेबिद्यालयमा बिद्यार्थीको संख्या घट्दै जानु र राज्यले समेत यहाँका स्थानीयलाई बिकल्प दिन नसक्नु अर्को चुनौती रहेकोबताउनुभयो । क्लवका अध्यक्ष अर्जुन सापकोटाले रोटरी क्लवले समस्यामा रहेका बिभिन्न स्थानमा ब्याक्तिगत रुपमा लगानी गर्दैआएको बताउदँै अन्य भन्दा भिन्न संस्था रोटरी रहेको बताउँर्दै बिद्यालयमा गरीएको यो सहयोगले अध्ययन अध्यापनमा सहयोगपुग्ने बिश्वास व्यक्त गर्नुभयो । यस बिद्यालयमा बिपन्न बालबालिकाहरु अध्ययन गर्ने गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट