आज: २०८३ श्रावण ५, मंगलबार | Tue, 21, Jul, 2026

स्थानीय समाजसेवी बेम बहादुर थापाले  विद्यालय, स्थानीय महिलालाई गरे   सहयोग


  • समाचार कुञ्ज
  • २०८१ आश्विन १४, सोमबार मा प्रकाशित १ साल अघि
  • ३६ पाठक संख्या
  •  घिरिङ गाउँपालिका -२ काठेकोटमा रहेको श्री चण्डि आधारभूत बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई स्थानीय समाजसेवी बेम बहादुर थापाले खेलकुद पोसाक र स्टेशनरि सामान बितरण गरेका छन।

    ghiring

    ghiring

    आइतबार बिधालयमा बिधार्थिलाई पोसाक बितरण तथा सहयोगी दाता सम्मान कार्यक्रमको आयोजना गरि ४१ जना बिद्यार्थीहरुलाई पोसाक बितरण गरेका हुन। साथै उक्त गाउँका महिलाहरुलाई लुङ्गी बितरण गरेका छन, करिब १ लाख बराबरको पोसाक बितरण संगै सोही कार्यक्रमको अबसरमा गजरकोट कोटनाहुँ मन्दिर निर्माणका लागि उक्त मन्दिर ब्यवस्थापन समिती अध्यक्ष दयाराम श्रेष्ठ लाई १० लाखको चेक हस्तान्तरण समेत गरेका छन।

    काठेकोटमा जन्मिएका थापाको बेलायतमा बसोबास छ, तर पनि गाउँको बिकासमा सहयोग गर्दै आइरहेका छन। सो कार्यक्रममा घिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापा प्रमुख अतिथी रहेका थिए। अध्यक्ष थापा बाट समाजसेवी थापालाई सम्मान पत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    लोकप्रिय
    ताजा अपडेट