आज: २०८३ श्रावण ५, मंगलबार | Tue, 21, Jul, 2026

अदुवा उतपादन गर्ने  कृषकलाई नगद ५ हजार सहित सम्मान


  • समाचार कुञ्ज
  • २०८१ अषाढ २७, बिहिबार मा प्रकाशित २ साल अघि
  • ४० पाठक संख्या
  • तनहुँ जिल्लाको घिरिङ गाउँपालिका द्वारा अदुवा  कृषकलाई नगद ५ हजार सहित सम्मान गरिएको छ। कृषि उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्तर्गत १ हजार किलो भन्दा बढी अदुवा उत्पादन गर्ने वडा नं ५ का ६९ जना किसान लाई प्रतिब्यक्ती ५ हजार रुपैयाँको दरले अनुदान बितरण गरेको हो। बिहिवार ५ नं वडा कार्यालयमा एक कार्यक्रम गरि गाउँपालिका अध्यक्ष होम बहादुर थापा द्वारा उनिहरुलाई सो रकम हस्तान्तरण गरिएको हो। 

    ghiring

    ghiring

    वडा अध्यक्ष बिष्णु वीर आलेको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य भुवन सिं बिक, वडा सदस्यहरु मनुराम थापा, डिलु थापा, कमला थापा, एमाले गाउँकमिटी अध्यक्ष सुमन कुमार श्रेष्ठ लगायतको उपस्तिथि रहेको थियो। सो कार्यक्रम  कृषि शाखा कर्मचारी करिस्मा ढकालले संचालन गरिन।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    लोकप्रिय
    ताजा अपडेट