
समाचार कुञ्ज
साउन ,२३ समर रानाभाट
महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा "सामाजिक विकृति न्युनिकरणमा महिलाको भुमिका शिर्षकमा घिरिङ गाउँपालिका स्तरीय तीज गीत प्रतियोगिता हुने भएको छ । घिरिङ गाउँपालिकाको प्रशासकीय भवन पोखरीछाप प्राङगाणमा हुने प्रतियोगिता यही भदौ ३ गते बिहान १०:३० बजेबाट हुने गाउँपालिकाले पत्रमा उल्लेख गरेको छ । 






प्रतियोगितामा प्रथम पुरस्कार १५ हजार र प्रमाणपत्र , द्धितीय पुरस्कार १०हजार र तृतीय पुरस्कार ७ हजार तथा सान्त्वना पुरस्कार ५ हजार र प्रमाणपत्र दिइने गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा सहभागी हुनका लागि टिम दर्ता भदौ १ गते साँझ ५ बजेसम्म गरिसक्नुपर्ने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस