आज: २०८३ श्रावण ४, सोमबार | Mon, 20, Jul, 2026

तनहुँ सेवा समाज कतारले बृहत साँस्कृतिक कार्यक्रम गर्ने


  • समाचार कुञ्ज
  • २०८० चैत्र २८, बुधबार मा प्रकाशित २ साल अघि
  • ४४ पाठक संख्या
  • तनहुँ सेवा समाज कतारको आयोजनामा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । बहुउद्देश्यीय अक्षय कोषको सहयोगार्थ आयोजना गरिएको बृहत साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।

    ghiring

    ghiring

    नेपालीहरुको नयाँ वर्ष २०८१ तथा ईस्लाम धर्मावलम्बीहरुको महान पर्ब ईद उल फितरकोू अवसरमा साँस्कृतिक कार्यक्रम आयोजना गरिएको हो । आउँदो अप्रिल ११ तारिक दोहा स्थित होटल होलिडेको सभाहलमा आयोजना हुने बृहत साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको तनहुँ सेवा समाज कतारका अध्यक्ष पदम गिरिले बताए ।

    कार्यक्रममा चर्चित तनहुंगे कलाकारहरु लोकदोहोरी गायिका अस्मिता डल्लाकोटी र गायक बसन्त बिश्वकर्माको बेजोड प्रस्तुति रहने बताइएको छ । साथै कतारमै रहेका नेपाली कलाकारहरुद्वारा तनहुँको चिनारी भनेर चिनिने कौरा, चुट्काको प्रस्तुति पनि रहनेछ ।

    बिशुद्घ परोपकारी कार्यको सहयोगार्थ आयोजित कार्यक्रमलाई भब्य र सभ्य रुपमा सफल पार्नका लागि सहयोग गर्न सबैलाई महासचिब सन्तोष रेग्मीले आग्रह गरेका छन् ।

    ‘सबल र समृद्घ जिल्ला निर्माणमा प्रवासीको योगदान, सहयोग र सद्भाव सबैमा तनहुँ सेवा समाजको अभियान’ भन्ने मुल नाराका साथ सन् २००४ मा कतारमा स्थापित तनुङ्गेहरुको साझा संस्था तनहुँ सेवा समाज दोहा कतारले स्थापना कालदेखि नै प्रवास लगायत गृह जिल्लामा विविध सामाजिक र परोपकारी कार्यहरु गर्दै आईरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    लोकप्रिय
    ताजा अपडेट