आज: २०८३ श्रावण ५, मंगलबार | Tue, 21, Jul, 2026

नवलपुरका उदयमान गायक देवकोटाको पहिलो गित”कुरा बुझिदेउ न” सार्वजनिक 


  • समाचार कुञ्ज
  • २०८१ आश्विन १७, बिहिबार मा प्रकाशित १ साल अघि
  • ३९ पाठक संख्या
  •  नवलपुरका उदयमान गायक तथा कुशल कार्यक्रम प्रस्ता्ता संजय देवकोटाको पहिलो गीत ‘कुरा बुझिदेउ न’ बजारमा आएको छ ।  यो गीतलाई कावासोतीको डिटिएम मिडियाले डिटिएम युवट्युव च्यानल मार्फत आज देखि बजारमा ल्याएको हो । 
    उदयमान गायक देवकाेटाकाे पहिलाे गित "कुरा बुझीदेउन"काे अाज गणपति चलचित्र मन्दिर (कावासोती सिने म्याक्स)मा प्रिमियम शो गरेर सार्वजनिक गरिएको छ । 
    श्रीधर अधिकारीको शब्द तथा लय संकलन र संगीत रहेको गितमा नव गायक संजय देवकोटा र चर्चित गायिका ऐलिन चौहानले श्वर दिएका छन् ।  

    ghiring

    ghiring

    गायक संजय देवकोटा स्वयमले पनि यस गीतमा मोडलको भूमिका निर्वाह गरेका छन् भने चर्चित गायक तथा मोडल दुर्गेश थापा, संचिता बोलाके, प्रिंसिका श्रेष्ठ गीतमा मोडलका भूमिका निर्वाह गरेका छन् । गीतमा एचबिएन किस्मत संगीत संयोजन, संजय विश्वकर्मा निर्देशन, अर्जुन कंडेलको सहनिर्देशन गरेका गीतको छायांकन सुरेश काफ्ले र आरडि दुलालले गरेको प्रोडक्सन म्यानेजर दिप काफ्लेले बताउनुभयो । 
    नवलपुर क्षेत्रका सामाजिक एवम् शैक्षिक व्यक्तित्व र पत्रकारहरुको उपस्थितिमा  प्रिमियम शाे कार्यक्रम सम्पन्न गरेकाे हाे । 
    प्रिमियम शाेमा नव गायक संजय देवकोटा, प्रोडक्सन म्यानेजर दिप काफ्ले लगायतकाे उपस्थितिमा सम्पन्न भएकाे थियाे । 
    पूरा भिडियाे 

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    लोकप्रिय
    ताजा अपडेट