आज: २०८३ श्रावण ४, सोमबार | Mon, 20, Jul, 2026

नवलपुरमा वैदेशिक रोजगारबाट फर्किएका रिटर्नीहरूलाई लक्षित ड्राइभिङ तालिम सुरु


  • समाचार कुञ्ज
  • २०८२ बैशाख १५, सोमबार मा प्रकाशित १ साल अघि
  • ४६ पाठक संख्या
  • दयाराम आचार्य, नवलपुर। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार बोर्डको सचिवालय बबरमहलको सहकार्यमा, रिटर्नी माइग्रेट नेपाल नवलपुर र तालिम प्रदायक संस्था नवलपुर ड्राइभिङ सेन्टरको आयोजनामा एक महिने ड्राइभिङ तालिम सुरु गरिएको छ। तालिमको आज एक विशेष समारोहका बीच उद्घाटन गरिएको हो।
    उद्घाटन समारोहमा बोल्दै यातायात कार्यालय नवलपुरका प्रमुख सुरेस जैसवालले सिकिएको सीपले भविष्यमा जीवन सुधारमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। उहाँले तालिममा सहभागीहरूलाई शुभकामना दिदैँ, “जिवनमा सीपले अवसरहरू सिर्जना गर्छ,” भन्नुभयो।
    त्यस्तै, ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी वरिष्ठ नायब निरीक्षक मीन बहादुर कुँवरले वैदेशिक रोजगारीबाट फर्किएका रिटर्नीहरूलाई लक्षित सीपमूलक तालिम प्रदान गर्नु अत्यन्तै सराहनीय कार्य भएको बताउनुभयो। उहाँले सवारी साधन सञ्चालनको सीपले स्वदेश तथा विदेश दुवैतिर रोजगारका अवसरहरू बढाउने र बेरोजगारी घटाउन सहयोग गर्ने धारणा व्यक्त गर्नुभयो।गण्डकी प्रदेश रिटर्नी माइग्रेट नेपालका अध्यक्ष नेत्र थनेतले नवलपुर रिटर्नीहरूको उर्वर भूमि भएकाले उनीहरूलाई सीपसहित सक्षम बनाउन तालिम आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले ड्राइभिङ सीपले रोजगारी र आम्दानीको बाटो खोल्ने विश्वास व्यक्त गर्नुभयो।स्वागत मन्तव्य राख्दै नवलपुर ट्रायल सेन्टरका सञ्चालक प्रवीण सापकोटाले सीप विकासले स्वदेशमै स्व-रोजगारी सिर्जना हुने बताए।त्यस्तै, रिटर्नी माइग्रेट नेपाल नवलपुरका अध्यक्ष रेशम खत्रीले तालिम सहभागीहरूलाई सक्रियता देखाउन आह्वान गर्दै सिकेको सीपलाई जीवनमा प्रयोग गर्न शुभकामना दिनुभयो।
    कार्यक्रममा ट्रायल सेन्टरका सञ्चालक विजय थापा, अर्जुन केसी लगायतको उपस्थिति रहेको थियो। तालिममा वैदेशिक रोजगारबाट फर्किएका २० जना रिटर्नीहरूको सहभागिता रहेको छ।

    ghiring

    ghiring
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    लोकप्रिय
    ताजा अपडेट