आज: २०८३ श्रावण ५, मंगलबार | Tue, 21, Jul, 2026

बौदिकाली -३ रकुवा टारीमा रहेको सारू कृषि तथा पशुपन्छि फार्ममा ३ जनालाई रोजगार


  • समाचार कुञ्ज
  • २०८१ पौष २२, सोमबार मा प्रकाशित १ साल अघि
  • ४० पाठक संख्या
  • नवलपरासी (व.सु.पू) जिल्लाको बौदीकाली गाउँपालिका वडा नं. ३, रकुवा टारीमा रहेको सारू कृषि तथा पशुपन्छि फार्म ले स्थानीय स्तरमा कृषि तथा पशुपालनको क्षेत्रमा महत्वपूर्ण योगदान दिइरहेको छ। करिब ८ रोपनी क्षेत्रफलमा फैलिएको यो फार्म ङान बहादुर सारूले आफ्ना परिवारका तीन जना सदस्यको सहयोगमा सञ्चालन गर्दै आएका छन्।

    ghiring

    ghiring

    फार्ममा अहिले १ वटा वीर बङ्गुर, १० वटा माउ बङ्गुर, बिक्रीका लागि योग्य २५ वटा पाठा र १५ वटा बच्चा रहेको छ। यसका साथै, करिब ८०० वटा ब्रोइलर कुखुरा पालन गरिंदैछ। फार्मले सिजन अनुसारको तरकारी उत्पादनमा पनि ध्यान केन्द्रित गरेको छ। यहाँ बन्दा, काउली, लसुन, प्याज, तोरी लगायतका बाली लगाइन्छ।

    अहिलेको सिजनमा फार्मले ६० भन्दा बढी बङ्गुरका बच्चा, १५ वटा ठूला बङ्गुर र ४०० वटा ब्रोइलर कुखुरा बिक्री गरिसकेको छ।

    सारू फार्मले पशुपालन र खेतीबाली दुवैमा स्थानीय समुदायलाई प्रेरित गर्दै, रोजगारी र आम्दानीको स्रोतका रूपमा कृषि तथा पशुपालनलाई अघि बढाउन सकिन्छ भन्ने सन्देश दिएको छ। सञ्चालक सारूले आगामी दिनमा फार्मको दायरा विस्तार गरी थप उत्पादनशील र स्थानीय बजारलाई लक्षित गर्ने योजना रहेको बताएका छन्।

    बौदीकाली गाउँपालिकाले कृषिजन्य उत्पादन प्रवर्द्धन र किसानलाई सहजीकरण गर्ने कार्यक्रम सञ्चालन गरिरहेको बौदिकाली गाउँपालिका अध्यक्ष  प्रकाश अझाले बताउनु भयो । सारू फार्म जस्तै अन्य फार्महरूलाई प्राविधिक सहयोग र बजार व्यवस्थापनमा स्थानीय सरकारको सहभागिता अझै बढ्दै जाने विश्वास लिइएको ओझाको भनाइ थियो । अवलोकनका लागि अध्यक्षका स्वकीय सचिव  मनोज कोइराला , समाजसेविरूको सहभागीता रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    लोकप्रिय
    ताजा अपडेट