
समाचार कुञ्ज असार १७' समर रानाभाट
घिरिङ गाउँपालिका वडा न. २ ,भोर्कोट निवासी ( हाल जापान ) रहेकी निर्मला नेपालीले स्वर्गीय पति गोपाल नेपालीको सम्झनामा शैक्षिक सामग्री वितरण गरेकी छन् । घिरिङ गाउँपालिका वडा नं ४ गलकोट अवस्थित श्री जलदेवी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई पतिको स्मरणमा झोला र कापि वितरण गरिएकी हुन् ।
मंगलबार जलदेवि आधारभूत विद्यालय परिसरमा आयोजित कार्यक्रममा घिरिङ गाउँपालिका वडा नं.४ का अध्यक्ष भिम बहादुर कुमाल प्रमुख अतिथ्यतामा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई झोला र कपि हस्तान्तरण गरेका हुन् ।
झोला र कापि वितरण कार्यक्रममा नेकपा एमाले जिल्ला परिषद सदस्य गोपाल वि.क., नेकपा एमाले घिरिङ गाउँ कमिटि अध्यक्ष सुमन कुमार श्रेष्ठ, घिरिङ गाउँकार्यपालिका सदस्य भुवनसिहं वि.क., कार्यपालिका सदस्य रिमा कुमाल , कार्यपालिका सदस्य सरिता वि.क वडा नं. ४ का वडा सदस्य मन बहादुर रानाभाट, घिरिङ गाउँपालिका प्रेस सल्लाहकार अन्जान परियार ,पुर्व वडा ४ सदस्य धन कुमारी नेपाली, वडा नं ४ का प्रविधिक गणेश विक
, फुला आधारभुत स्वास्थ्य चौकीका प्रमुख प्रविन श्रेष्ठ ,नेपाल उ्त्पडित जातिय मुक्ति समाज घिरिङकी अध्यक्ष कृष्ण माया नेपाली ,नेपाल उत्पडित मुक्ति समाज सचिव मिलन विक ,, समाजसेवि कालीमया नेपाली, विव्यस पदाधिकारी,शिअ संघ पदाधिकारी, अभिभावक, समाजसेवी, विद्यार्थी, शिक्षक उपस्थित रहेको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तर बहादुर थापाको अध्यक्षतामा भएको थियो भने कार्यक्रम संचालन विद्यालयका प्रअ हंश विक गरेका थिए

प्रतिक्रिया दिनुहोस