
समाचार कुञ्ज बैशाख , ३० गते सम्मर रानाभाट






घिरिङ गाउँपालिकाको आयोजनामा सामुदायिक तथा संस्थागत विद्यालयका बालविकास सहजकर्ता तथा प्रराम्भिक कक्षामा अध्यापन शिक्षक शिक्षिकाहरूको लागि शैक्षिक सामाग्री निर्माण सम्बन्धी तिन दिने तालिम आजबाट सुरू भएको छ ।
गाउँपालिकाको सभाहलमा सुरू भएको तालिमको घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापाले उद्घाटन गर्नु भएको थियो । कक्षा सकिएको घण्टी बज्दा अझै एकछिन कक्षामा बस्न पाए हुन्थ्यो भन्ने बनाउनपर्ने उहाँले बताउनु भयो । विकासको जग शिक्षा र शिक्षाको जग प्रारम्भिक बाल विकास कक्षा भएको उल्लेख गर्दै आर्थिक सुरक्षाका लागि गाउँपालिकाले नीति तथा योजना निर्माण गरिरहेको बताए । 
यस अन्तर्गत सहभागीले शारीरिक, संवेगात्मक, सामाजिक, सांस्कृतिक, बौद्धिक तथा भाषिक विकासका पक्षहरू सम्बन्धित क्रियाकलापमा दैनिक कार्यतालिकामा आधारित रहेर सिकाइएको ज्ञान र सिप प्रयोग हुन्छ कि हुन्न, विद्यालय र कक्षाको नियमित अनुगमन गरिने शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद सुवेदीले बताए ।
तालिमको सहजकर्ता कुशुम थापाले पहिलो चरणको सुरूवातमा परिचयबाट सुरू गर्नु भएको थियो । आज पहिलो चरणमा कवाज सम्बन्धी , बाल गित , लालि गुराश लगायतका का शैक्षिक सामाग्री निर्माण मा जोड् दिनु भएको थियो ।
तालिमा घिरिङ गाउँपालिका भित्रका ३७ ओटा विद्यालयका शिक्षक तथा शिक्षिका सहभागी रहेका थिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकत कृष्ण प्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रम सायक शिक्षा अधिकृत पुष्पा थापा क्षेत्रीले कार्यक्रम संञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस