
समाचार कुञ्ज तनहुँको भिमाद नगरपालिका वडा नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट जङ्गबहादुर थापा (अशोक राम्जाली) सभापतिमा चयन भएका छन्।






त्यसैगरी उपसभापतिमा सुशीला आले, सचिवमा महेश थापा चयन भएका छन् भने सदस्यहरूमा श्रीप्रसाद आले, विष्णु राना, धनबहादुर सुनार, महोदत्त अधिकारी, विष्णुबहादुर भुजेल, लक्ष्मी थापा लगायत चयन भएको रास्वपा भिमाद नगरपालिकाका सभापति हरि लम्सालले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस