आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

इलाम-२ मा एमालेका सुहाङ नेम्वाङ विजयी


  • समाचार कुञ्ज
  • २०८१ बैशाख १८, मंगलबार मा प्रकाशित १ साल अघि
  • ७ पाठक संख्या
  • इलाम,बैशाख १८-

    प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ मा एमालेले करिब तीन दशक पुरानो विरासत जोगाएको छ । मंगलबार विहान साढे ४ बजे जारी अन्तिम मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७ सय ७२ मत पाएर विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाए

    २०७९ को निर्वाचनमा उनी सुवास नेम्वाङसँग ११४ मत कम ल्याएर हारेका थिए । यसपटक नेम्वाङ पुत्र सुहाङले ५ हजार ८ सय ३० मतान्तरले हराएका छन् । ‘जितको सम्पूर्ण श्रेय मेरा इलामेली जनता र मेरो पार्टी नेकपा एमालेलाई दिन चाहन्छु ,’ जितपछि मतदाताहरुलाई धन्यवाद दिँदै सुहाङले भने,‘पार्टीले अवसर र जनताले भोट नदिएको भए यो जित सम्भव थिएन ।’

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट