आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

भिमादमा खुल्ला सांस्कृतिक नृत्य प्रतियोगिता हुने , विजेतालाई २० हजार पुरस्कार 


  • समाचार कुञ्ज
  • २०८१ जेष्ठ २२, मंगलबार मा प्रकाशित १ साल अघि
  • ७ पाठक संख्या
  • भिमाद 
    भिमादमा खुल्ला सांस्कृतिक नृत्य प्रतियोगिता हुने भएको छ । भिमाद नगरपालिका ६ शान्तिनगर स्थित भिमाद डान्स एकेडेमीको आयोजनामा आगामी जेष्ठ २६ गते शनिबार भिमाद रङ्गशालामा खुल्ला सांस्कृतिक नृत्य प्रतियोगिता साथै हस्तलेखन र चित्रकला प्रतियोगिताको आयोजना गर्न लागेको डान्स एकेडेमीका सञ्चालक प्रेम बहादुर थापाले बताएका छन् । देशभर लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गर्ने मुख्य उद्देश्य सहित कार्यक्रमको आयोजना गरेको उनले बताएका छन् । 

    नृत्य प्रतियोगिता प्रथम द्वितिय र तृतिय हुनेले क्रमश २० हजार १० हजार र ५ हजारको साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । भने हस्तलेखन र चित्रकला तर्फ प्रथम र द्वितिय हुनेले क्रमश ५ हजार र २ हजार ५ सय रुपैयाँ साथै अन्य सहभागीले  प्रमाणपत्र प्राप्त गर्ने छन् ।

    प्रतियगितामा देशको जुनसुकै ठाउँबाट पनि सहभागिता जनाउन पाउने थापाले बताएका छन् । नृत्य तर्फ टिम दर्ता शुल्क २००० हजार र हस्तलेखन र चित्रकलाको लागि ५००/५०० रुपैयाँ निर्धारण गरिएको भिमाद डान्स एकेडेमीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट