आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

फ्लोरिकल्चर एसोसिएसनको आयोजनामा त्रिभुवन पार्कमा फूलको विरुवा रोपियो 


  • समाचार कुञ्ज
  • २०८१ जेष्ठ २३, बुधबार मा प्रकाशित १ साल अघि
  • १० पाठक संख्या
  • काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा राजधानी काठमाडौंको थानकोटस्थित त्रिभुवन पार्कमा वृक्षारोपण गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल ( फ्यान ) को आयोजनामा ४ दर्जन बढी फूलका विरुवा रोपिएको हो । वृक्षारोपण कार्यक्रममा क्यालेन्द्रा, करबिर, टेकोमा, फ्लावरिङ्ग पिच, वगनवेली, विस्टेरिया, बेगोनिया भेनेष्ट लगायतका पुष्पजन्य विरुवा रोपिएको हो ।

    हरेक वर्ष जुन ५ तारिखका दिन मनाउँदै आइएको विश्व वातवरण दिवसको यो वर्षको नारा ‘ हाम्रो भूमिः हाम्रो भविष्य ’ रहेको छ । नेपालमा पनि विभिन्न संघ / संस्थाहरुको आयोजनामा विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । यस वर्ष भूमि पुन:र्स्थापना, मरुभूमिकरण र खडेरीविरुद्ध जुध्ने अभियानका साथ दिवस केन्द्रित गरी कार्यक्रम भइरहेका छन् । वातावरण प्रदूषणबाट मानव जीवनमा असर पर्दै आएकोतर्फ सबै सचेत हुनु पर्नेमा विज्ञको जोड छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट