आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

खुसी शुक्रबार अन्तर्गत सरस्वती आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाई उद्घोषण तालिम दिइयो ,,


  • समाचार कुञ्ज
  • २०८१ जेष्ठ २५, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ६ पाठक संख्या
  • मध्यविन्दु । मध्यविन्दु १२ स्थित  सरस्वती आधारभुत बिद्यालयमा आज विद्यार्थीहरुलाई उद्घोषण तालिम सम्पन्न गरिएको छ । कक्षा ४ देखि ८ सम्मका १०० भन्दा धेरै विद्यार्थीहरुका लागी तालिम दिएको विद्यालयका प्रध्यानाध्यापक जनकराज पोख्रेलले बताउनु भयो

      खुसी शुक्रबार अन्तरर्गत रहेर शुक्रबारको अवसरमा कार्यक्रम  आयोजना गरिएको पोख्रेलले बताउनु भयो । २०८१ को शैक्षिक सत्र सुरु भए सँगै हरेका शुक्रबार विद्यार्थीहरुलाई किताव नपढाइ व्यावहारिक ज्ञान दिने , विभिन्न कार्यक्रममा सहभागी गराउने तर्फ बिद्यालय लागी परेको बताउनु भयो । अतिरिक्त कार्यक्रमहरु विद्यार्थीले  आफै सञ्चालन गर्न सक्ने बनाउनका लागी कार्यक्रम आयोजना गरिएको बताउनु भएको थियो । कार्यक्रमको प्रशिक्षण सामुदायिक रेडियो दर्पण एफ एमका पत्रकार प्रकाश रेग्मीले गर्नु भएको थियो ।  

    तालिममा विद्यार्थीहरुलाई कार्यक्रम कसरी सञ्चालन गर्ने, कार्यक्रम सञ्चालन गर्दा ध्यान दिनु पर्ने कुराहरु , स्टेज उक्लीए पछि डर हटाउने उपायहरु ,  विभिन्न कार्यक्रममा मन्तव्य राख्ने तरिका बारे प्रशिक्षण गरिएको थियो ।  बिद्यालय व्यवस्थापन समिति अध्यक्ष चेत बहादुर सिंजालीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कर्नाखर जोशीले गर्नु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट