
समाचार कुञ्ज काठमाडौं, असार ३०-
काम चलाउ सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आजैबाट आफूमाथि अनुसन्धान गर्न आग्रह गरेका छन् ।मन्त्रालयबाट बाहिरिँदै गर्दा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘मेरो विषयमा पनि धेरै कुरा उठेका छन्, यहाँहरू सबै साक्षी हुनुहुन्छ मैले आजसम्म मेरो विषयमा यो गर्नुस् त्यो नगर्नुस् भनेको छैन ।
न कसैको सरुवा गर्नुस् भनेको छु । न मैले मेरो फाइल कहाँ रहेछ भनेर कुनै माध्यमबाट भनेको छु । तर, पनि मन्त्री भएको कारणले तपाईंहरूलाई केही अप्ठ्यारो परेको रहेछ भने गहन अनुसन्धान गर्नुस् ।’

प्रतिक्रिया दिनुहोस