आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

पच्चिस वर्षदेखी सामाजिक सेवामा रोटरी क्लब अफ डिल्लीबजार 


  • समाचार कुञ्ज
  • २०८१ श्रावण १, मंगलबार मा प्रकाशित १ साल अघि
  • ८ पाठक संख्या
  • रोटरी क्लब अफ डिल्लीबजारले आफ्नो स्थापनाको रजत महोत्सव मनाईरहेको छ । क्लबले आफ्नो सामाजिक सेवाका पच्चिसौं वर्षको अभियानका क्रममा विभिन्न दर्जनौं सामाजिक सेवा कार्यहरुमा जोडिएको छ । रोटरी क्लब अफ डिल्लीबजारले नियमित रुपमा हरेक वर्ष डिल्लीबजार, ज्ञानेश्वर, मैतीदेवी लगायतका क्षेत्रहरुमा रहेका मठ, मन्दिर, धर्मशाला, धार्मिक, ऐतिहासिक तथा पुरातात्विक क्षेत्रहरुको सरसफाई तथा संरक्षणसँग सम्वन्धित सामाजिक काम गर्दछ ।

    हेरिटेजको सरसफाई, संरक्षण र बृक्षारोपण रोटरी क्लब अफ डिल्लीबजारको नियमित सञ्चाालन गरेका कार्यक्रमहरु हुन् । रोटरी क्लब अफ डिल्लीबजारले शारीरिक अपाङ्गता भएका नागरिकहरुका लागि व्हिल चेयर वितरण विगतका केही वर्षहरुदेखी नियमित गरिरहेको छ । क्लबले जेष्ठ नागरिकहरुका लागि आवश्यक सहयोग तथा मनोपरामर्श सेवा लगायतका कार्यक्रमहरु पनि नियमित गर्दै आएको छ । बहिरा तथा अपाङ्गता भएका विद्यार्थीहरुका लागि शैक्षिक सहयोग पनि वार्षिक रुपमा क्लबले गर्दै आएको छ । गत वर्षको भुकम्पपश्चात जाजरकोट लगायतका जिल्लाहरुमा बालबालिकाहरुको शिक्षाका लागि शैक्षिक सहयोग, न्यानो कपडा, विद्यालयका लागि कम्प्युटर, त्रिपाल लगायतका सामग्रीहरु रोटरी क्लब अफ डिल्लीबजारले वितरण गरेको थियो ।

     

    रजत महोत्सवको अवसरमा क्लबले हिमाली जिल्ला सोलुखुम्वुको विकट क्षेत्रमा रहेका श्री लुक्ला आधारभुत विद्यालय, हुँगा माध्यमिक विद्यालय, श्री गर्भा माध्यमिक विद्यालय लगायतका विद्यालयहरुमा शैक्षिक सुधार कार्यक्रम संचालन गरिरहेको छ । कक्षा कोठा फर्निसिङ्ग, कक्षा कोठा व्यवस्थापन, विद्यालय पुस्तकालय, सिकाई कर्नर, विद्यालयमा प्रविधी, डिजिटल शिक्षा, बाल कक्षा व्यवस्थापन, शैक्षिक सामग्री निर्माण, शिक्षक तालिम लगायतका कार्यक्रमहरु सोलुखुम्बुको विकट गाँउहरुमा रहेका विद्यालयमहरुमा सम्पन्न भएका छन् । दुर्गम हिमाली क्षेत्रका विद्यालयहरुमा रोटरी क्लब अफ डिल्लीबजारले ग्लोबल ग्राण्ड अन्तरगत कक्षा कोठा व्यवस्थापन, विद्यालय पुस्तकालय, विद्यालयमा प्रविधी हस्तान्तरण, बालबालिकाहरुको डिजिटल पँहुच विकाश र शिक्षकहरुको क्षमता विकाशसँग सम्वन्धित कार्यक्रमलाई प्राथमिकतामा राखी कार्यान्वयन गरेको छ ।रोटरी क्लब अफ डिल्लीबजारले ग्लोबल ग्राण्ड अन्तरगत काभ्रेपलाचोकको कुन्ताबेशीमा सामाजिक तथा आर्थिक सवलीकरण आवश्यक रहेका परिवारहरुका लागि जिविकोपार्जन तथा आर्थिक सशक्तिकरण कार्यक्रम सम्पन्न गरेको छ । विपन्न घरधुरीका लागि भैसी पालन तथा दुध उत्पादनसँग सम्वन्धित आयआर्जन, वित्तिय साक्षरता र महिला तथा बालबालिकाको सशक्तिकरणसँग सम्वन्धित कार्यक्रम सम्पन्न गरेको छ । यसबाट बालबालिकाहरुको विद्यालयमा नियमितता र शैक्षिक सहयोगमा प्रत्यक्ष योगदान पुगेको छ । गोरखाको आरुघाँट क्षेत्रमा आरुघाँट गाँउपालिकासमेतको सहकार्यतामा ग्रामिण पर्यटन प्रवर्धनका लागि होमस्टेको व्यावसायिक विकाशका लागि समुदायको क्षमता विकाशको काम भईरहेको छ । महिलाहरुको शिक्षा र आर्थिक सशक्तिकरणका लागि रोटरी क्लब अफ डिल्लीबजारले बाल विकास समाजसँगको सहकार्यतामा स्वरोजगार शिक्षा कार्यक्रम संचालन गरेको छ । विशेषगरी विभिन्न कारणले विद्यालय छोडेका, विद्यालय जान नपाएका, सानो उमेरमा बाध्यतावश विवाह गरेका महिलाहरुका लागि लक्षित गरी स्वरोजगार शिक्षा कार्यक्रम संचालन गरिएको छ । शिक्षित पनि बनाउने र स्वउद्यममा जोडेर रोजगारी प्रवर्धन गर्ने यो कार्यक्रमको उद्देश्य रहेको छ ।

    रोटरी क्लब अफ डिल्लीबजारले पाल्पामा दृष्टिविहिन बालबालिकाहरुका लागि डिजिटल पँहुच तथा सवलीकरण र झापामा आर्थिक तथा सामाजिक रुपमा विशेष आवश्यकतामा रहेका विद्यार्थीहरुका लागि शैक्षिक सहयोग तथा विद्यालयको भौतिक संरचनाहरुको विकास गर्ने कार्यक्रमको पनि तयारी गरिएको छ । धादिङ्गको रुवीभ्यालीमा ५ सय घरधुरीमा शौचालय निर्माण तथा सरसफाईसँग सम्वन्धित कार्यक्रम कार्यान्वयन गर्ने योजना रहेको छ ।

    रोटरी क्लब अफ डिल्लीबजारले आफ्नो स्थापनादेखी नियमित रुपमा विभिन्न प्रकारका सामाजिक सेवामूलक कामहरुमा नियमित संलग्नता र नेतृत्व लिईरहेको छ । विभिन्न विषय र विधामा विशेषज्ञता हासिल गरेका सदस्यहरु रहेका यस क्लबले समाजका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिईरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट