आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

दोस्रो सेभेन “ए” साइड खुल्ला फुटबल प्रतियोगितामा आज  पनि दुई खेल हुँदै


  • समाचार कुञ्ज
  • २०८१ आश्विन २०, आईतबार मा प्रकाशित १ साल अघि
  • ११ पाठक संख्या
  • असोज २०, कावासोती,

    कावासोती १७ मा जारि दोस्रो सेभेन “ए” साइड खुल्ला फुटबल प्रतियोगितामा आज पनि दुई खेल हुँदैछन् ।
    आज लक्ष्मिपुरले एस टाउन ब्वाईज सेतापानि र बाघखोर एफ सि चोरमाराले टेन स्टार क्लबको सामना गर्ने आयोजक सुर्योदय युवा क्लबका सचिव अबिनाश पौडेलले जानकारी दिनुुभयो ।

    यसअघि हिजोभएको पहिलो खेलमा विशालटार देवचुलि ११ले बोटे ब्वाईजलाई ६ शुन्य गोलको फराकिलो अन्तरले पराजित गरेको छ । विशालटारको जितमा विपिन राना मगरले ३ गोल, साजन बुढाथोकिले २ र अम्रित परियारले १ गोल गरेका हुन् । त्यस्तै हिजै भएको दोश्रो खेलमा मिचि एजुकेशन सेन्टरलाई प्रगतिसिल युवा क्लबले ३ ० गोल अन्तरले पराजित गरेको छ ।

     
    प्रगतिसिल युवा क्लबको जितकालागि सुदिप केसि, राम सापकोटा र अशोक वलिले एक एक गोल गरेका हुन् । 
    विजयादशमीको अवसर पारि नवलपरासि(वर्दघाट सुुस्ता पूर्व)नवलपुरको कावासोति १७ गोछडाटारमा रहेको सुर्योदय क्लबको आयोजनामा कावासोती १७ गोछडामा रहेको सरस्वती माध्यमिक विद्यालयको खेलमैदानमा खेल भैरहेको हो । 

    युवा वर्गलाई खेलकुदमा लाग्न प्रेरित गर्ने उद्येश्य सहित आयोजना गरिएको प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३० हजार ५ सय ५० र उपबिजेता टिमलाई नगद १५ हजार ५ सय ५० सहित विजयि दुवै टिमलाई ट्रफी र मेडल प्रदान गरिने खेल संयोजक दान बहादुर गुरुङ्गले जानकारी दिनुभयो ।
    प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वोकृष्ट गोलरक्षकलाई समेत पुरस्कारको व्यवस्था रहेको क्लबका अध्यक्ष रोशन दराईले बताउनु भयो । प्रतियोगिताको मिडिया पार्टनर रेडियो कावासोती १०२.६ मेगाहर्ज रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट