आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

दोस्रो सेभेन “ए” साइड खुल्ला फुटबल प्रतियोगिताको उपाधि अबोज झ्यालबासले जित्यो


  • समाचार कुञ्ज
  • २०८१ कार्तिक १, बिहिबार मा प्रकाशित १ साल अघि
  • ७ पाठक संख्या
  • कार्तिक १, कावासोती,

    दोस्रो सेभेन “ए” साइड खुल्ला फुटबल प्रतियोगिताको उपाधि अबोज झ्यालबासले उचालेको छ । हिजो भएको फाईनल खेलमा अबोज झ्यालबासले विएफसि बिशालटारलाई ३ १ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।
    प्रतियोगिताको मिडिया पार्टनर रेडियो कावासोतिको आधिकारिक फेसबुक पेजबाट समेत प्रतक्ष्य प्रसारण गरिएको निक्कै प्रतिस्पर्धात्मक खेलमा झ्यालबासका प्रबिन खाम्चाले पहिलो हाफमै दुईगोल प्रहार गरेपछि विशालटार दबाबमा परेको थियो । 

    दोश्रो हाफमा विशालटारका डिपिन राना मगरले १ गोल गरेपनि, झ्यालबासकै अम्रित बुढाले पुनः एक गोल गरेपछि खेल ३ १ ले झ्यालबासले जितेको हो ।
    विजयादशमीको अवसर पारि नवलपुरको कावासोति १७ गोछडाटारमा रहेको सुर्योदय क्लबको आयोजनामा कावासोती १७ गोछडामा रहेको सरस्वती माध्यमिक विद्यालयको खेलमैदानमा भएको खेलमा जितसँगै झ्यालबासले नगद ३० हजार ५ सय ५० सहित ट्रफि र मेडल प्राप्त गरेको छ । 

    त्यस्तै उपबिजेता बनेको विशालटारले नगद १५ हजार ५ सय ५० सहित ट्रफी र मेडल प्राप्त गरेको क्लबका सचिव अबिनास पौडेलले जानकारी दिनुभयो । प्रतियोगितामा सर्वाधिक गोलकर्ताको उपाधि विशालटारका डिपिन राना मगर पाएका छन् । उनले प्रतियोगिता अवधिभर जम्मा १० गोल गरेका थिए । त्यस्तै सर्वोकृष्ट गोलरक्षकको उपाधि जिवन गुरुङ्गले पाएका छन् भने उत्कृष्ट खेलाडिको उपाधि समिर श्रेष्ठले प्राप्त गरेका छन् । उनिहरु तिनैजनालाई मेडलले सम्मान गरिएको थियो ।

    फाईनल खेलपछि आयोजना गरेको प्रतियोगिता समापन कार्यक्रम क्लबका अध्यक्ष रोसन दराईको अध्यक्षतामा एवं कावासोती नगरपालिका वडा नं. १७ का वडाअध्यक्ष श्री चुरामनी थनेतको प्रमुख आतिथ्यतामा भएको थियो ।
    कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष थनेतले खेलकुदको माध्यामबाट गोछडालाई चिनाउन मद्दत पुर्याएको साथै युवाहरुलाई एकशुत्रमा बाँध्न सफल भएकोमा आयोजकलाई धन्यवाद दिनुभएको थियो ।
    त्यस्तै कार्यक्रममा गोछडा टोल सुधारका संयोजक श्री पुष्परत्न महतोको विशेष आतिथ्यता रहेको थियो भने कुमारवर्ती खानेपानी सरसफाइ उपभोक्ताका अध्यक्ष रामकृष्ण ढुङ्गाना, आयोजक सूर्योदय क्लबका संस्थापक एवं संरक्षक कमल पौडेल, टेन स्टार क्लबका अध्यक्ष प्रेम नारायण महतो, कावासोती १७ का वडा सदस्य डुल बहादुर गुरुङ, रेडियो कावासोतीका प्रतिनिधि, कोल्लुवा प्रहरी चौकीका प्रमुख, पत्रकारहरु लगायत खेलप्रेमी, शिक्षाप्रेमी, शैक्षिक एवं सामाजिक व्यक्तित्वहरूको समेत आतिथ्यता रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट