आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

भारतलाई हराउँदै नेपाल फाइनलमा


  • समाचार कुञ्ज
  • २०८१ कार्तिक ११, आईतबार मा प्रकाशित १ साल अघि
  • १० पाठक संख्या
  • साफ महिला फुटबल च्याम्पियनसिपको दोस्रो सेमिफाइनल नेपालले र भारतमाथि जित हात पारेको छ । दशरथ रंगशालामा भएको तनापूर्ण खेलमा नेपालले पेनाल्टी सुटआउटमा ४–२ अन्तरले भारतलाई पाखा लगाएको हो । नेपालकी गोलकिपरले भारतका दुई प्रहार रोकिन् भने नेपालका चारै खेलाडीले लगातार गोल गरेपछि पाँचौँ खेलाडीले पेनाल्टी प्रहार गर्नै परेन् ।

    त्यसअघि तनावपूर्ण खेलमा भारतको सुरुवाती अग्रता सावित्रा भण्डारीले गोल गर्दै बराबरीमा ल्याएकी थिइन् । करिब डेढ घण्टासम्म रोकिएको खेल फेरि सुरु भएको थियो । भारतले अग्रता लिएलगत्तै नेपालले गरेको गोललाई मान्यता नदिएपछि उत्पन्न विवादका कारण खेल डेढ घण्टा रोकिएको थियो । तर, फेरि रोकिएकै स्थानबाट खेल सुरु भएलगत्तै सावित्रा भण्डारीले बराबरी गोल गरेकी थिइन् ।

    त्यसअघि नेपालकी रेखा पौडेल रातो कार्ड खाँदै बाहिरएपछि नेपाल १० खेलाडीमा सीमित भएको थियो । नेपालले अब बंगलादेशसँग फाइनल खेल्नेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट