आज: २०८३ भाद्र १७, बुधबार | Wed, 02, Sep, 2026

घिरिङ गाउँपालिकाको स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सम्पन्न


  • समाचार कुञ्ज
  • २०८३ भाद्र १०, बुधबार मा प्रकाशित ६ दिन अघि
  • १६ पाठक संख्या
  • घिरिङ, ११ भदौ

    घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रका कार्यक्रम तथा सेवाको वार्षिक समीक्षा सम्पन्न भएको छ।

    घिरिङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकालको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष होम बहादुर थापाको प्रमुख आतिथ्यमा भएको समीक्षा कार्यक्रममा आर्थिक वर्षभरि स्वास्थ्य क्षेत्रमा सम्पादित कार्यक्रमको समीक्षा गरिएको थियो।

    कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख अमर दवाडीको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा घिरिङ गाउँपालिकाका वडा अध्यक्षहरू तथा स्वास्थ्य संस्थाका प्रमुखहरूको सहभागिता रहेको थियो।

    वार्षिक समीक्षा कार्यक्रममा घिरिङ गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष रविचन्द्र घोरासिनी, प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख अमर दवाडी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकाल तथा गाउँपालिका अध्यक्ष होम बहादुर थापाले स्वास्थ्य क्षेत्रको अवस्था र सेवासम्बन्धी धारणा राखेका थिए।

    कार्यक्रम घिरिङ गाउँपालिकाका पब्लिक हेल्थ नर्स विष्णु पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको थियो। कार्यक्रमको सहजीकरण तथा सञ्चालन स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमालले गरेका थिए।

    ghiring

    ghiring
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट