आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

युनाईटेड गोल्डकप :  फराकिलो जित सँगै  रडस रामपुर फाईनलमा


  • समाचार कुञ्ज
  • २०८१ भाद्र २६, बुधबार मा प्रकाशित १ साल अघि
  • ९ पाठक संख्या
  • कावासोती ।  रडस रामपुर हुप्सेकोटको गिरुबारीमा जारी ३८ औं युनाईटेड गोल्ड कपको फाईनलमा प्रवेश गरेको छ ।

    भेडाबारी युवा क्लबलाई ५-१ गोल को फराकिलो अन्तरले हराउँदै  रडस रामपुर प्रतियोगिताको ३८ औं संस्करणको फाईनलमा पुगेको हो ।

    प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भोलि वातासिनो योङ्ग स्टार कावासोती र एभरेस्ट युवा क्लब चितवन भिडने छ्न ।

    प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन भने दोश्रो हुने टिमले १ लाख ५० हजार नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । सेमिफाईनलमा पुगेर बाहिरिने दुई टिमले नगद २० हजार रुपैयाँ हात पार्नेछन ।

    उत्कृष्ट खेलाडि, सर्वाधिक गोलकर्ता, उत्कृष्ट किपर र अनुशासित टिमलाई समेत नगद ८ हजार सहित पुरस्कृत गरिने आयोजकले बताएको छ ।

    युनाईटेड युवा क्लबको आयोजनामा भाद्र १४ गते देखि सुरु भएको खेल सरस्वती मा.बि. गिरुवारीको खेल मैदानमा भाद्र २९ गते सम्म संचालन हुनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट